सर्पले डस्दा महिलाको मृत्यु

नवलपरासी | असार १२, २०८२

सर्पले डस्दा महिलाको मृत्यु File Photo

नवलपरासी: नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–६, भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । 


स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार (असार ११) राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।


बुधबार राति करिब ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा उनलाई दाहिने खुट्टामा सर्पले डसेको थियो । 


त्यसपछि उपचारका निम्ति कावासोतीस्थित कालीगण्डकी अस्पताल लगिएकामा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी यादव ढकालले बताए ।


गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढेको छ । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्